Rule 6
शिकार गर्न निषेध गरिएको तरिकाहरू
१ प्रमुखको लिखित आदेश नभई कुनै पनि व्यक्तिले देहायको तरिकाबट वन्यजन्तु वा पंक्षीको शिकार गर्न हुँदैन
(क)पानी पिउने घाट वा नून वा माटो चाट्ने वा आहाल बस्ने ठाउँमा ढुकेर,
(ख) कुनै किसिमको दर्जन, दामल, जाल, धराप, खोर वा पासो थापेर,
(ग) विष वा लठ्याउने औषधि खुवाएर,
(घ) विषयुक्त हातहातियार प्रयोग गरेर,
(ङ) पात बजाएर वा कृत्रिम बोलिले बोलाएर वा कुनै किसिमको बाजा वा टेपरेकर्ड बजाएर,
(च) गुँड वा मादमा ढुकी बसेर,
(छ) राँको वा बत्तीहरू देखाएर,
९ज० मचान वा जनावर झुक्याउने गरी लुक्ने ठाउँ बनाएर,
९झ. मोटरकार, जीप, ट्रक, गाडा, ट्याक्टर, हवाई जहाज, हेलिकोप्टरमा चढेर,
(ञ) शिकार गर्ने उद्देश्यले कुनै किसिमको घाँसमा वा जङ्गलमा आगो लगाएर,
९ट. कुनै वन्यजन्तुको शिकारमा कुकुरको मद्दत लिएर र पंक्षीको शिकारको हकमा घर पालुवा चराको मद्दत लिएर ।
९२० बौलाएको हात्ती वा मान्छे खाने ९म्यानइटर० बाघ वा चितवालाई मार्नु पर्दा उपनियम १को खण्ड ञ बाहेक अन्य कुनै तरिका अपनाउन सकिनेछ ।